play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

क्षेत्रीय होटल संघ चितवन सौराहाको १६ औं बार्षिक साधारण सभा सम्पन्न

0

माघ २ । क्षेत्रीय होटल संघ चितवन सौराहाको १६ औं बार्षिक साधारण सभा मंगलवार गरिएको छ । रत्ननगर नगर कार्यपालिकाका मेयर नारायण वन प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका महासचिव राममणि खनालले बार्षिक प्रगति प्रतिवेदन तथा सचिव दामोदर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा मेयर वनले सौराहाको पर्यटन विकासको लागि व्यवसायीसंग सहकार्य गर्ने बताए । उनले सौराहाको पर्यटन विकासको लागि तयार गरिएको गुरुयोजनालाई कायान्वय गर्दै पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताए । सौराहालाई केन्द्रीत गरेर वाटर किङकड,पर्यटन सुचना केन्द्र र सौराहाले पर्यटकलाई प्रदान गर्ने सेवा डिजिटल प्रविधिबाट हेर्न सकिने व्यवस्था गरिने बताए । सोही अबसरमा माघ ११ देखि १५ गते सम्म सञ्चालन गरिएको १४ औं चितवन हात्ती महोत्सवको आम्दानी खर्चको विवरण समेत सार्वजनिक गरिएको छ । पर्यटन प्रर्बद्धनको लागि आयोजना गरिएको सो महोत्सव सञ्चालन गरेर संघले ३ लाख ३ हजार रुपैया नाफा गर्न सफल भएको छ । महोत्सव सम्पन्न गर्न३८ लाख ७८ हजार आम्दानी र ३५ लाख ७४ हजार खर्च भएको महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए । संघका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको सो वडा नं.६ का वडा अध्यक्ष बलराम दाहाल,कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना,रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी,वर्ड एजुकेशन सोसाईटी चितवनका अध्यक्ष सरस्वती सेढाई लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply