हरेक शुक्रबार प्रसारण हुने ‘भद्रगोल’ बन्यो छोटो समयमा धेरै हेरिने टेलिश्रृङखला

0

माघ २ –हरेक शुक्रबार राती ८ बजेर ५५ मिनेटमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिश्रृङखला ‘भद्रगोल’ छोटो समयमा नै सर्वाधिक हेरिने टेलिश्रृङ्खला बनेको छ ।समसामयिक, राजनीतिक र सामाजिक विषयमाथि व्यङ्ग्य प्रहार गर्दै आएको टेलिश्रृङ्खलाले यस साता काठमाडौंको धुलो र धुवाँलाई मुख्य विषय बनाएर तयार पारिएको ‘भद्रगोल’लाई दर्शकले अत्याधिक रुचाएका छन् । यो साताको ‘भद्रगोल’ नेपाली युट्युब संस्करणको ट्रेण्डिङ नम्बर एकमा पर्न सफल भएको छ ।
यो समाचार तयार पार्दासम्म ‘भद्रगोल’लाई युट्युबमा ६ लाख ३० हजार भन्दा धेरै पटक हेरिएको छ । यो भागले युट्युबमा छोटो समयमा धेरै पटक हेरिने टेलिश्रृङखलाको रेकर्ड समेत कायम गरेको छ । यसलाई २४ घण्टामा ३ लाख भन्दा धेरै पटक हेरिएको थियो ।
कुमार कट्टेल, अर्जुन घिमिरे, हरि निरौला, सागर लम्साल, रक्षा श्रेष्ठ, गोविन्द कोइराला, सुमन सागरजंग केसी, कमला रेग्मी, अशोक धिताल, मधुसुदन पाठक, सुदर्शन आचार्य, रश्मी पाण्डे, अर्जुन तिमिल्सिना, हरि सापकोटालगायतका कलाकारहरुको अभिनय रहेको यस टेलिश्रृङखलामा लेखन तथा निर्देशन कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को रहेको छ ।दीपक आचार्य श्रृङखला निर्देशकको रुपमा रहेका छन् । यस टेलिश्रृङखलालाई सागर खड्काले छायाकंन गर्दै आएका छन् भने रविन भट्ट र राजेन्द्र मानन्धरले सम्पादन गर्ने गरेका छन् ।

Share.

Leave A Reply