उवासंघः उद्योग तर्फ कार्य समिति सदस्यको मतगणना सकियो, वाणिज्य तर्फको जारी

0

माघ ०१,
उद्योग वाणिज्य संघ चितवनको उद्योग तर्फ कास सदस्यहरुको टुंगो लागेको छ । नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मतगणना अहिले जारी रहेको छ ।
उद्योग तर्फ कास सदस्यमा विजयी हुने उम्मेदवारहरुः
१.अशोक अधिकारी
२.इ.कृष्ण प्रसाद रिजाल
३.चन्द्रमणि सापकोटा
४.रोहितकुमार श्रेष्ठ
५.सिद्धार्थलाल चुके र
६.सोम प्रसाद काप्रि
कार्य समितिमा निर्वाचित हुने सदस्यहरुमा प्रधान प्यानलका ५ जना रहेका छन् भने श्रेष्ठ प्यानलका १ जना विजयी भएका छन् ।
वाणिज्यतर्फ कार्यसमिती सदस्यको मतगणना भने अहिले भईरहेको छ । वाणिज्य तर्फ पनि प्रधान प्यानल अगाडी देखिएको छ ।
यस्तै
महिला तर्फ कार्यसमिति सदस्यमा प्रधान प्यानलकी रजनी मास्के विजयी हुनुभएको छ । मास्केले राजु श्रेष्ठ प्यानलकी सुलोचना श्रेष्ठलाई ७ सय ८४ मतान्तरले पराजित गर्नुभएको हो ।
यसैबिच वस्तुगत तर्फका चार कार्यसमिति सदस्यहरूको टुंगो लागेको छ । वस्तुगत तर्फ निर्वाचित हुने सदश्यहरुमा शिव ओझा, बिकाश थापा, दीपक पौडेल र किरण खनाल रहेका छन् ।
कुल २ हजार ८ सय ५६ मतदाता मध्य २ हजार ७ सय ४७ मत खसेको थियो । संघको अध्यक्षमा पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबिच तिव्र प्रस्तिस्पर्धा हुने देखिएको छ ।

Share.

Leave A Reply