play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

देवघाटमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

0

माघ ०१,
देवघाटमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । आज माघे सक्रान्तीको दिन मेला भर्न चितवनको भरतपुर १ देवघाट पुगेका रत्ननगर ३ का ७८ वर्षिय पदमनाथ अधिकारीको स्थित झोलुङ्गे पुल मुनि नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा अचानक ढुङगामा चिप्लीदा अधिकारीलाई त्रिशुली नदीले बगाएको र करिव ३०० मिटर तल बग्दै गरेको अवस्थामा फेला पारिएको हो ।
सो स्थानमा खटिएको उद्दर टोलीले उद्दार गरी उपचारको लागि अस्पताल ल्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply