play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न, २७४७ मत खस्यो

0

पुष ३०, उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि आज मतदान कार्य सम्पन्न भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान बेलुका साढे ५ बजे सकिएको हो ।२,८५६ मतदाता रहेको संघमा २७४७ मत खसेको मूख्य निर्वाचन अधिकृत अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिनुभयो ।मत गणना भोलि बिहान ९ बजेबाट शुरु गरिने बताइएको छ
नयाँ नेतृत्वका लागि पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबिच तिव्र प्रस्तिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका उम्मेद्वार प्रधानलाई पूर्व अध्यक्षहरु, विभिन्न राजनैतिक दल तथा व्यापार तथा वस्तुगत संघहरुको समर्थन रहेको छ भने श्रेष्ठलाई वर्तमान अध्यक्षसहित केहि व्यापार तथा वस्तुगत संघहरुले समर्थन गरिरहेको बताइएको छ ।
भण्डारीका अनुसार ईच्छाकामना गाउँपालिकादेखि माडी नगरपालिकासम्म तथा भरतपुर महानगरपालिकादेखि राप्ती नगरपालिकासम्म गरि चितवनका सात वटै स्थानीय तहका २ हजार ८ सय ५६ जना उद्योगी तथा व्यवसायी रहेका छन् ।यसअघि सदस्यतर्फ सहनलाल प्रधान प्यानलका ३ जना निर्विरोध निर्वा्चित भईसकेका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर विक र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वा्चित भईसकेका हुन् ।यसअघि उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५औँ अधिवेशन शनिबार एक कार्यक्रमका बिच चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए ।

Share.

Leave A Reply