play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

कांग्रेसका तीन प्रभावशाली नेताको ‘गोप्य’ बैठक, देउवाले पार्टी सिध्याएको निश्कर्ष

0

पुस ३०,चुनावमा पराजय भोगेपछि कांग्रेसभित्र विवाद बढेको भनिएको बेला तीन प्रभावशाली नेताहरु एकै ठाउँमा उभिएका छन् । नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच आज राजधानीको महाराजगञ्जस्थित एक होटलमा गोप्य बैठक भएको छ । करीब दुई घण्टा लामो भएको उक्त ‘गोप्य’ बैठकमा सभापति शेरबहादुर देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ ।अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै पार्टीलाई बचाउन एक भएर अघि बढ्ने तीन नेताबीच समझदारी भएको स्रोतले बतायो ।पार्टीको १३ औं महाधिवेशनमा सिटौला र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिएपछि पौडेल–सिटौलाबीच सम्बन्ध विग्रिएको ठानिएको थियो । तर, पछिल्लो समय देउवाकै कारणले पार्टीमा समस्या आएको भन्दै सम्बन्ध सुधार गर्दै पौडेल–सिटौला समेत एकै ठाउँमा उभिएका हुन् ।यसो त १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका केसी पनि सभापतिको कार्यशैलीबाट रुष्ट रहेको बताइन्छ ।
यही कारण देउवाप्रति असन्तुष्ट नेताहरु पार्टीलाई नयाँ शिराबाट अघि बढाउन लागिपरको बताइएको छ ।यसमा देउवाकै समूहमा रहेका केसीलगायत नै अग्रसर भएका हुन् । असन्तुष्टहरु कांग्रेसलाई पहिलेको जस्तै बलियो अवस्थामा फर्काउन कसरी एकजुट भएर जाने भन्ने विषयमा निरन्तर छलफलमा रहेको नेताहरु बताउँछन् । यही क्रममा गत बुधबार पनि गोंगबुमा प्रकाशमान सिंह, शशांक कोइराला र केसीबीच छलफल भएको थियो । पटक पटकको छलफलमा प्रभावशाली नेताहरुनै एकठाउँमा देखिएपछि देउवा घेराबन्दीमा परेको बुझिएको छ ।

Share.

Leave A Reply