अफगानिस्तानमा सेनाले गरेको हवाई कारबाहीमा परि आइएसका १७ को मृत्यु

0

३० पुस, पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) बिद्रोही समूहका १७ जना लडाकू मारिएका छन् ।विशेष सुरक्षा बलले आज गरेको कारबाहीका क्रममा ती बिद्रोही मारिएका जानकारी दिइएको छ । सो समाचारमा जनाइएअनुसार उक्त कारबाहीमा परी अरु केही लडाकू घाइते भएका छन् ।नान्गाहार प्रान्तको दिह हस्कामिना र आचिन जिल्लामा अफगान विशेषबलले गरेको कारबाहीमा आइएसका १७ जना बिद्रोही मारिएका र अन्य दुइजना घाइते भएका समाचारमा जनाइएको छ ।
आज अपरेसन कोडिसन ग्रुप अफगानिस्तान द्वारा जारी विज्ञप्तिमा उक्त कुराको जानकारी दिइएको छ ।अफगान सुरक्षा बल र नेटोआवद्ध सैनिकले बिद्रोही विरुद्ध हवाई कारबाही जारी राखेका छन् ।अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएस बिद्रोही समूहको बलियो प्रभाव रहँदै आएको भन्ने गरिएको छ । पछिल्लो समयमा अफगानिस्तानको संयुक्त सेनाले सो समूहकाविरुद्धमा व्यापक मात्रामा कारबाही गरिरहेको छ । (रासस÷सिन्ह्वा)

Share.

Leave A Reply