play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

वाम गठबन्धन तोड्न देशी विदेशी शक्तिको चलखेल बढेको माओवादी केन्द्रका नेता शाहीको भनाइ

0

पुस ३० –नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशी विदेशी शक्तिको चलखेल बढेको बताउनुभएको छ ।रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताउनुभयो । आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै उहाँले वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने र त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न आग्रह गर्नुभयो ।
उहाँले निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय छ भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको टिप्पणी गर्नुभयो । उहाँले ६ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको बताउनुभयो ।

Share.

Leave A Reply