play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

संखुवासभामा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

0

पुस ३० –संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार भोटखोला खोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा आज दिउँसो १२ बजे भएको थियो । पाथीभरा हेदांनाकाुसुरेश राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्प पुनर्निर्माण प्राधिकरणका कर्मचारीसहित गएको टोली दुर्घटनामा परेको हो ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । गाडी कसरी दुर्घटना भयो भन्ने विषयमा जानकारी आएको छैन । मृत्यु हुने अन्य ४ जनाको सनाखत नभएको प्रजिअ जोशीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply