play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

पवित्र तिर्थस्थल देवघाटधाममा आजदेखी औपचारिक रुपमा माघी मेला सुरु

0

पुस ३०- पवित्र तिर्थस्थल देवघाटधाममा आजदेखी औपचारिक रुपमा माघीमेला सुरु भएको छ । चितवन,तनहुँ र नवलपरासीको संगममा रहेको देवघाटधामको वेणीमा विधिवत रुपमा आज विहान ९ वजे बाँसको लिंगो गाडेर माघीमेलाको उद्घाटन गरिएको हो । गलेश्वर आश्रमका पिठाधिस आत्मानन्द गिरिजी माहाराजको नेतृत्वमा विभिन्न आश्रमका पिठाधिस,देवघाट क्षेत्रविकास समितिका पदाधिकारी र वटुकहरुको सहभागितामा वेणीमा लिंगो गाडिएको हो । लिंगो गाड्नुपूर्व गलेश्वर आश्रमवाट ¥याली निकालिएको थियो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले माघे संक्रान्तिको अघिल्लो दिन साइत हेरेर पिठाधिसहरुवाट लिंगो गाड्ने प्रचलन अनुसार यसवर्ष पनि आज विहान ९ वजेको साईतमा लिंगो गाडिएको वताउनुभयो ।
देवघाटमा आजदेखी ३ दिन विशेष माघी मेला लाग्ने छ भने माघ महिनाभर मकर स्नानका लागी श्रद्धालुहरु देवघाट आउने गर्दछन् । यसवर्ष पाँचलाख भन्दा वढी दर्शनार्थी देवघाट आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ । सोही अनुसार सुरक्षा ,यातायात,सौचालय लगाएतको व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।मेला अवधीभर नदि वारपारका लागी ३० वटा भन्दा वढी डुङगाको व्यवस्था गरिएको छ । मेलाभर्न हिजोदेखीनै नेपाल र भारतका विभिन्न क्षेत्रवाट दर्शनार्थीहरु आउनेक्रम शुरु भएको छ ।

Share.

Leave A Reply