उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि मतदान जारी, सात वटै स्थानीय तहका २,८५६ मतदाता सहभागी

0

३० पौष, चितवन, उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म जारी रहने छ ।नयाँ नेतृत्वका लागि पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबिच तिव्र प्रस्तिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका उम्मेद्वार प्रधानलाई पूर्व अध्यक्षहरु, विभिन्न राजनैतिक दल तथा व्यापार तथा वस्तुगत संघहरुको समर्थन रहेको छ भने श्रेष्ठलाई वर्तमान अध्यक्षसहित केहि व्यापार तथा वस्तुगत संघहरुले समर्थन गरिरहेको बताइएको छ ।
निर्वाचन प्रक्रियामा चितवनका उद्योगी तथा व्यवसायीहरुले उल्लासमय उपस्थिती जनाइरहेका छन् । हालसम्म शान्तिपूर्ण ढंगबाट निर्वाचन भइरहेको मूख्य निर्वाचन अधिकृत अधिवक्ता जगन्नाथ भण्डारीले बताए । ४ बजेसम्म मतदान स्थलभित्र प्रवेश गरेका मतदाताहरुले आफ्नो मताधिकार सदुपयोग गर्न सक्ने मूख्य निर्वाचन अधिकृत भण्डारीले जनाकारी दिए ।उनका अनुसार ईच्छाकामना गाउँपालिकादेखि माडी नगरपालिकासम्म तथा भरतपुर महानगरपालिकादेखि राप्ती नगरपालिकासम्म गरि चितवनका सात वटै स्थानीय तहका २ हजार ८ सय ५६ उद्योगी तथा व्यवसायी मतदान प्रक्रियामा सामेल हुनेछन् ।
यसअघि सदस्यतर्फ सहनलाल प्रधान प्यानलका ३ जना निर्विरोध निर्वाचित भईसकेका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर विक र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वाचित भईसकेका हुन् ।यसअघि उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५औँ अधिवेशन शनिबार एक कार्यक्रमका बिच चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए ।

Share.

Leave A Reply