play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भारतलाई सैन्य कारवाहीको धम्की नदिन पाकिस्तानको चेतावनी

0

पुस ३० । भारतलाई पाकिस्तानले सैन्य कारवाहीको धम्की नदिन चेतावनी दिएको छ ।भारतका स्थल सेनाध्यक्ष जनरल बिपीन रावतको भनाईपछि पाकिस्तानले कडा प्रतिक्रिया जनाउँदै त्यस्ता धम्की नदिन चेतावनी दिएको हो । पाकिस्तानले भारतबाट हुने कुनै प्रकारको हमलाको कडा प्रतिवाद गर्न आफू सक्षम रहेको दावीसमेत गरेको छ ।
भारतीय सेनाध्यक्ष रावतले बुधबार पाकिस्तानभित्रै पसेर आक्रमण गर्न पनि पछि नपर्ने बताएका थिए । सरकारले आदेश दिएमा पाकिस्तानी सीमा भित्रै पसेर आक्रमण गर्न भारतीय सेना तयार रहेको उनको भनाई थियो ।उनले पाकिस्तानसँग परमाणु हतियार रहे पनि त्यसबाट आफूहरु बिचलित नहुने समेत बताएका थिए ।

Share.

Leave A Reply