play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी तोक्ने प्रधानमन्त्रीको दाबी

0

पुस ३०,प्रधानमन्त्री शेरबहादुर देउवाले तिन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताएका छन् ।कैलालीको गोदावरीमा वाह् राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेसम्म दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको बताए ।राष्ट्रियसभा निर्वाचन छि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने देउवाले बताए । कैलालीको गोदावरी तीर्थस्थलमा आयोजित सभामा प्रधानमन्त्रीले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्व बोकेका क्षेत्रहरुको विकासका लागि आफ्नो सदैव प्रयत्न रहिरहने प्रतिबद्धता ब्यक्त गरे ।
उक्त अवसरका गोदावरीधाम विकास समितिका अध्यक्ष वरिष्ठ साहित्यकार पदमराज जोशी, सांसद नारदमुनी राना र गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले प्रधानमन्त्रीलाई गोदवारीधाम विकासका लागि सरकारले गुरुयोजना निर्माण गरी काम थाल्न आग्रह गरेका थिए ।

Share.

Leave A Reply