play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

मेस्सीको पारिश्रमिक रोनाल्डोको भन्दा दोब्बरले बढी

0

पुस ३० – क्याटलान जाइन्ट बार्सिलोनासँग गएको नोभेम्बरमा नयाँ सम्झौता गरेका स्टार स्ट्राइकर लियोनल मेस्सीको पारिश्रमिक खुलेको छ । मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्म क्लबमा रहने गरी सम्झौता गरे पनि उनले हप्ताको कति पारिश्रमिक पाउँछन् भन्ने खुलेको थिएन ।तर फुटबल लिक्सका अनुसार मेस्सीले हप्ताको २४ लाख अमेरिकी डलर पारिश्रमिक पाउँछन् । यसरी उनले एक वर्षमा एक सय २३ मिलियन अमेरिकी डलर कमाउँछन् । यो बालोन डी’ओर विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको भन्दा झण्डै दोब्बर हो । मेस्सीले पारिश्रमिक बापत वर्षमा ८६ मिलियन र बाँकी इमेज राइट मार्फत पाउने छन् ।
यस्तै उनी सम्झौता अवधिभर बार्सिलोनामै बसे भने थप ८५ मिलियन डलर पनि पाउने छन् । मेस्सीको रिलिज क्लज ८ सय ५४ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डो र करिम बेन्जिमाको मात्रै यो भन्दा धेरै रिलिज क्लज रहेको छ । मेस्सीले यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी अहिलेसम्म ३१ खेलमा २५ गोल गरेका छन् ।

Share.

Leave A Reply