play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

खप्तड गोल्डकपमा आज सुदूरपश्चिम ११ र एपीएफ भिड्ने

0

पुस ३० – धनगढिमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज आयोजक सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली बीचको प्रतिस्पर्धा धनगढिस्थित स्थानीय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।यसअघि हिजो भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फाइनलमा पुगेको छ ।आर्मीले उपाधिका लागि आज हुने सुदुरपश्चिम ११ र एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ ।

Share.

Leave A Reply