play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

उवासंघ चितवनको नेतृत्व चयनका लागि मतदान चल्दै

0

पुस ३०,
उद्योग वाणिज्य संघ चितवनको नया नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेबाट मतदान सुरु भएको मतदान दिउसो चार बजेसम्म चल्ने निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघ चितवनको ५१ औं साधारण सभा तथा ३५ औं अधिवेशनको शनिबार चितवन क्षेत्र नम्वर दुईका प्रतिनिथि सभा सदस्य कृष्णभक्त पोखरेलले उद्घाटन गर्नुभएको हो । नयाँ नेतृत्वका लागि पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबिच तिव्र प्रस्तिस्पर्धामा हुने देखिएको छ। अहिले उद्योग वाणिज्य संघमा चितवनको सभाहलमा जिल्लाका विभिन्न ठाउबाट आएका वयवसायिहरु मतदानका लागि लामवद्ध भएर बसेका छन् । अध्यक्ष पदका उम्मेद्वार प्रधानलाई पूर्व अध्यक्ष, विभिन्न पार्टीको समर्थन रहेको छ भने श्रेष्ठलाई बर्तमान अध्यक्षको समर्थन रहेको छ ।यस अघि सदस्य तर्फ सहनलाल प्रधान प्यानलका ३ जना निर्विरोध निर्वा्चित भैसकेका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर वि.क. र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वा्चित भैसकेका हुन् ।

Share.

Leave A Reply