play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

प्रधानसेनापति क्षेत्रीले गरे रत्ननगर महोत्सव अवलोकन

0

पुष २९ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शनिवार रत्ननगर महोत्सवको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत आएका उनले महोत्सवको तेश्रो दिन अवलोकन गरेका हुन् । रत्ननगर १ स्थित होटल स्टार व्यान्केटमा हेलिकप्टर अवतरण गरेपछि प्रधानसेनापति गाडीमा महोत्सवस्थल सम्म पुगेका थिए । महोत्सव अवलोकनका क्रममा प्रधानसेनापति क्षेत्रीले महोत्सव परिसरमा निर्माण गरिएको वासबाट बनाईएको धरहरा समेत चढेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले धरहरा निर्माण गर्नुको उदेश्यबारे प्रधानसेनापतिलाई जानकारी गराएका थिए । धरहरा चढेपछि प्रधानसेनापति क्षेत्रीले सास्कृतिक कार्यक्रम अवलोकन गरेर मनोरञ्जन समेत लिए । प्रधानसेनापति स्टेजमा चढ्दै गर्दा गायक मिलन लामाले आफ्नो प्रस्तुती दिईरहेका थिए । गायक लामाले प्रधानसेनापतिलाई आफ्नो गीतमा नचाउन समेत भ्याए ।
प्रधानसेनापति क्षेत्रीले करिव १० मिनेट स्टेजमा वसेर सास्कृतिक कार्यक्रमको मज्जा लिए । आज लोक तथा दोहोरी गायक मिलन लामा संगै आधुनिक गायक हेमन्त शर्मा र लोक तथा दोहोरी गायक नेत्रजी पन्त र निशा लामाको प्रस्तुती पनि रहेको थियो । गायक शर्माले करिव एक दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएको देखिन्थ्यो । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुष २७ गतेदेखी सुरु भएको महोत्सवमा तेश्रो दिन शनिवार दर्शकको सहभागीता उत्साहजनक रहेको थियो । शनिवार १० हजार भन्दा वढि दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए । महोत्सव माघ ७ गते सम्म चल्नेछ ।

Share.

Leave A Reply