play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

उद्योग वाणिज्य संघ चितवनको ५१ औ साधारणसभा तथा अधिबेशन शुरु,भोलि नया नेतृत्वको लागि चुनाब हुदै

0

पुष २९, उद्योग वाणिज्य संघ चितवनको ५१ औ साधारणसभा तथा अधिबेशन शुरु भएको छ । भोलिसम्म चल्ने अधिवेनको उद्घाटन चितवन क्षेत्र नम्वर दुईका संसद कृष्णभक्त पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पोख्रेलले चितवनको विकासमा उद्योग वाणिज्य संघ चितवनले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले चिवनलाई आर्थिक राजधानीको रुपमा विकासमा सहयोग गर्न उद्योग वाणिज्य संघलाई समेत आग्रह गर्नुभयो । त्यस्तै चितवन क्षेत्र नम्वर दुई प्रदेश क का संसद घनश्याम दाहालले उवासंघ चितवनले आगामी दिनमा नारायणगढ क्षेत्र सहित त्यस आसपासका स्थानमा पर्यटकीय गन्तव्यमा विकास गर्न उवासंघलाई जोड दिनुभयो । उवासंघ चितवनका अध्यक्ष राजन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेशका जिल्ला सभापति जितनारायण श्रेष्ठ, राप्रपा नेपालका जिल्ला कोषाध्यक्ष प्रेम गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्मर पुरी, उवासंघ चितवनका पुर्व अध्यक्ष तिलचन्द्र भट्टराई लगायतले बोल्नुभएको थियो । उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने भनिएको साधारण सभा राणा नआएपछि चितवन क्षेत्र नम्वर दुईका संसद कृष्ण भक्त पोख्रेललाई गर्न लगाईएको थियो ।
यसैविच चितवनको नारायणगढमा शूरु भएको साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । संघको अध्यक्ष्य पदका लागि सहनलाल प्रधान र राजु श्रेष्ठ आमने सामने भएका छन् ।दुवै जना व्यवसायीहरु बिचमा निकै लोकप्रिय मानिन्छन् ।अध्यक्ष पदका उमेद्वार प्रधान पूर्व अध्यक्षहरुको साथ लिदै चुनावी मैदान रहदा राजुलाई बर्तमान अध्यक्षको समर्थन रहेको छ ।यस अघि सदस्य तर्फ सहनलाल प्रधान प्यानलका ३ जना निर्विरोध निर्वा्चित भैसकेका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर वि.क. र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वा्चित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply