play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

इच्छाकामना उद्योग बाणिज्य संघ सहनलाल प्यानलको पक्षमा

0

पुस २९, आज देखी सुरु उद्योग बाणिज्य संघ चितवनको ५१ औँ साधरण सभा एवं अधिवशनका लागी उम्मेद्वारहरु अन्तिम कसरतमा लागेका छन् । दुई प्यानलविच चुनावी प्रतिस्पर्धा तीव्र भएको समयमा इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिनले आफ्नो इकाइमा रहेको सम्पुर्ण सदस्यहरुको मत सहनलाल प्रधान प्यानललाई दिने निर्णय गरेको छ । शुक्रबार बेलुका बसेको सदस्यहरुको बैठकले उक्त निर्णय गरेको इच्छाकामना उद्योग वाणिज्य सँघका उपाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।
सहनलाल प्रधानको टिमलाई सो क्षेत्रका नेपाली कांग्रेस र बामगठबन्धले पनि संयुक्त रुपमा प्रधान प्यानललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको कोषाध्यक्ष मणि रत्न शाक्यले बताउनुभयो ।इच्छाकामना उद्योग वाणिज्य सँघ मुग्लिङ्ग इकाइमा करिब ६० सदस्य रहेका छन् । छलफलमा इच्छाकामना गाउपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष मोदराज सिलवाल, नेपाली काँग्रेस इच्छाकामना गाँउपालिकाका सभापति विष्णु कुँबर, बाम गठबन्धनका प्रतिनिधि रोहिणी प्रसाद त्रिपाठी लगाएत स्थानीय व्यापारीहरु सहभागी रहेका थिए ।

Share.

Leave A Reply