अबको केही समयमा नै पार्टी एकता हुने माओवादी केन्द्रका नेता श्रेष्ठको दाबी

0

पुस २९ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता राजनीतिक आधार, कार्यनीति र सिद्धान्तको आधारमा हुने भएकाले कुनै शंका नगर्न आग्रह गरेका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता श्रेष्ठले राष्ट्रिय स्वाधिनता, संविधान कार्यान्वयन, सामाजिक रुपान्तरण र कम्युनिष्ट सरकार गठन नै पार्टी एकताको आधार हुने बताए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले अबको केही समयमा नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने दाबी गरे ।उनले पहिले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि अरु वाम पार्टीसँग पनि एकताको प्रयास थालिने बताए ।

Share.

Leave A Reply