play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

अबको प्रधानमन्त्री केपि ओली नै हुनुपर्ने महानायक राजेश हमालको भनाइ

0

पुस २९- महानायक राजेश हमालले केपी शर्मा ओली प्रधानमन्त्री बन्न लायक नेता भएको बताएका छन् । अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्ने तर्क हमालले गरेका हुन् ।पत्रकारसँगको कुराकानीको क्रममा हमालले राष्ट्रियतामा अडिग र निर्णायक नेताको रुपमा ओली स्थापित हुन सकेकाले प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने बताएका हुन् ।
पछिल्लो समय निर्णायक भूमिका खेल्न सफल देखिएका ओलीको नेतृत्वमा सरकार बन्न सके देश परिवर्तनको बाटोमा जाने हमालको दाबी थियो । फरक प्रसङ्गमा हमालले नेपालको परम्परा र संस्कृति लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।नेपालको संस्कृति भुलेर विदेशी संस्कृतिमा अहिले पुस्ता रमाएको प्रति हमालले चिन्ता व्यक्त गर्दै स्वदेशी संस्कृति नभुल्न सुझाब दिएका छन् । आफू बाल्यकालदेखि नै विदेशी परिवेशमा हुर्किएको भए पनि अब आफ्नै संस्कृतिलाई अंगाल्ने उनले बताए ।

Share.

Leave A Reply