माघ २ गतेसम्म नारायणगढ-मुग्लिङ सडक चौबिसै घण्टा खुल्ने

0

पुस २९ –नारायणगढ–मुग्लिन सडक ४ दिनका लागि खुल्ला गरिने भएको छ । रातको समयमा बन्दै हुँदै आएको सो सडकखण्ड माघे संक्रान्तिलाई ध्यानमा राखी ४ दिनका लागि खुल्ला गर्न लागिएको हो । पुष १८ गते देखि सो सडकमा राती १० देखि बिहान ४ बजे सम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । सो सडकखण्ड आजदेखि माघ २ गते सम्म रातीको समयमा पनि खुल्ला रहने छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार माघे संक्रान्तिमा सो सडक खण्ड हुँदै तिर्थालु देवघाट आउने भएकाले सडक खुल्ला गर्ने निर्णय गरिएको हो । दिउँसोमा पिच निर्माणको काम भएपनि सडक अवरुद्ध नहुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले सम्म निर्माणको काम ७१ प्रतिशत सम्पन्न भइसकेको छ ।

Share.

Leave A Reply