play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दृष्टिबिहीन विश्वकप क्रिकेटमा श्रीलंकाद्वारा नेपाल सामु ४ सय ९५ रनको लक्ष्य प्रस्तुत

0

पुस २९, पाचौँ एक दिवसिय दृष्टिबिहीन विश्वकप क्रिकेटमा श्रीलंकाले नेपाल सामु ४ सय ९५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । युएईको अस्मान ओभल मैदानमा टस जितेर व्याटिङ गरेको श्रीलंकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाउँदै ४ सय ९४ रनको योगफल तयार पारेको हो । यसअघि पाकिस्तानमा भएको खेलमा नेपाल आयोजक पाकिस्तानसँग ९ विकेट र बंगलादेशसँग ४ विकेटले पराजित भएको थियो । विश्वकपमा नेपालले भोलि यूएईकै ईडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्नेछ । लिगको अन्तिम खेलमा नेपालले पर्सि अजमानको एमसीसी क्रिकेट मैदानमा अस्ट्रेलियाको सामना गर्नेछ । ६ टिम सहभागी प्रतियोगितामा नेपाल अंकबिहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।

Share.

Leave A Reply