play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

माडीको दिवानगर त्रिबेणी धाममा भोलिदेखि मकर संक्रान्ति मेला हुदै

0

जिबन रानाभाट
पुष २९, रेवा त्रिबेणी जाउ पुण्य कमाउ भन्ने नारा सहित माडीको धार्मिक पर्यटन प्रबर्द्दन गर्नका लागि माडी नगरपालिका ७ दिवानगर त्रिबेणी धाममा माघे संक्रान्तिको अवसरमा भोलि देखि माघ २ गतेसम्म मकर संक्रान्ति मेला हुने भएको छ । रेवा त्रिबेणीधाम मकर संक्रान्ति मेला ब्यबस्थापन समिति माडी नगरपालिका ७ दिवानगरको आयोजनामा हुने ३ दिने माडी महिमा प्रबचन तथा मकर संक्रान्ति मेलामा कथा बाचन युवा पण्डित सुदर्शन सुबेदीले गर्नु हुने आयोजकले जानकारी दिएको छ ।मेलाको भोलि बिहान ११ बजे शोभा यात्रा गरिने र २ बजे उद्घाटन गरिने छ साथै हरेक दिन बिहान र बेलुका रेवा गंगा आरति,माघ १ गते अनन्त शान्ति दिप प्रज्वलन, माघ २ गते पितृ उद्दारका लागि रेवा गंगा मा तर्पण गरिने आयोजकले जानकरी दिएको छ ।

Share.

Leave A Reply