play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भोलिदेखि भरतपुर- १३ छितामाईमा बेलोध खिचरा महोत्सव हुदै, कुन दिन कुन कलाकारको प्रस्तुति रहन्छ ??

0

जिबन रानाभाट
पुष २९, संस्कृतिको संरक्षण गरौ महोत्सब सफल पारौ भन्ने नाराका साथ थारु समुदायको नयाँ वर्षको अवसर पारेर थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ५ बेलोध प्रगन्नाको आयोजनामा भोलि देखि माघ ४ गते सम्म पटिहानीमा प्रथम बेलोध खिचार महोत्सव हुने भएको छ ।पाच दिन सम्म चल्ने महोत्सवमा भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले बेलोध खिचरा महोत्सव आयोजना गरिएको हो । पटिहानी र आसपासको क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार एवं पर्यापयर्टनको संरक्षणको लागि महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी गराईएको छ ।चितवनको भरतपुर महानगर पालिका- १३ मा हुने महोत्सवको यो पहिलो संस्करण हो ।महोत्सबको सबै तयारी सकिएको संयोजक ठगाइ महतोले जानकारी दिए । यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुतिको साथ्मा थारु खाना रहने छ ।पुष ३० गते कल्पना सोमनको प्रस्तुति रहने छ माघ १ गते सुनिल गिरि,माघ २ गते मनोज महतो सुरेश लामा, माघ ३ गते सिताराम कट्टेल ९धुर्मुश० र कुन्जना घिमिरे९सुन्तली० र माघ ४ गते नबराज पराजुली र युबराज कंडेलको प्रस्तुति रहने सास्कृतिक संयोजक प्रेमलाल चौधरीले जानकारी दिनुभयो।
प्रचारप्रसार समितिका संयोजक सन्तराम महतोका अनुसार महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु २० तथा विद्यार्थीका लागि रु १० शुल्क लाग्नेछ । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र पर्यटन बिकाश को लागि खर्च गरिने आयोजकले जनाएको छ ।पाच दिन सम्म चल्ने महोत्सवमा ५० वटा स्टल रहने छन् ।

Share.

Leave A Reply