play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

उद्योग वाणिज्य संघ चितवनको ५१ औ साधारणसभा तथा अधिबेशन आज देखि शुरु

0

जिबन रानाभाट
पुष २९, उद्योग वाणिज्य संघ चितवनको ५१ औ साधारणसभा तथा अधिबेशन आज देखि शुरु भएको छ । चितवनको नारायणगढमा शूरु भएको साधारणसभाले नया नेतृत्व चयन गर्ने छ। संघको अध्यक्ष्य पदका लागि सहनलाल प्रधान र राजु श्रेष्ठ आमने सामने भएका छन् ।दुवै जना व्यवसायीहरु बिचमा निकै लोकप्रिय मानिन्छन् ।अध्यक्ष पदका उमेद्वार प्रधान पूर्व अध्यक्षहरुको साथ लिदै चुनावी मैदान रहदा राजुलाई बर्तमान अध्यक्षको समर्थन रहेको छ ।यस अघि सदस्य तर्फ सहनलाल प्रधान प्यानलका ३ जना निर्विरोध निर्वाचित भैसकेका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर वि.क. र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिनुभयो ।
संघको अध्यक्षमा सहनलाल प्रधान र राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ र विष्णुप्रसाद कँडेल, उद्योग तर्फको उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ र नविन कँडेल, वाणिज्य तर्फको उपाध्यक्षमा भोजराज कौडाल र बिपेन्द्र रामुदामु (विपिन) वस्तुगत तर्फको उपाध्यक्षमा चिरञ्जिवी सुवेदी र राजेन्द्र कँडेलको उम्मेद्वारी परेको प्रमुख निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।यसैगरि सदस्यमा उद्योग तर्फ दिनेशकुमार राठी, सूर्यमणि पौडेल, दुर्गाप्रसाद गौतम, लिलबहादुर क्षेत्री, इ.कृष्णप्रसाद रिजाल, केपी भण्डारी, रोहितकुमार श्रेष्ठ, अशोक अधिकारी, सिद्धार्थलाल चुके, चन्द्रमणि सापकोटा, सोम प्रसाद काप्री, विनोद पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।त्यसैगरि वाणिज्य तर्फको सदस्यमा बद्री पौडेल, नारायण काफ्ले, थिरप्रसाद धिताल, विद्यासागर चालिसे, बाबुराम कँडेल, लक्ष्मी रिमाल पौडेल, शंकर प्रसाद घिमिरे, मुना गुरुङ, प्रभात ढुंगाना, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, बलराम भण्डारी, इश्वरी प्रसाद खराल, तारानाथ पाठकले उम्मेद्वारी दर्ता गराएका छन् ।यस्तै वस्तुगत तर्फको सदस्यमा शिवप्रसाद ओझा, रविन्द्र बराल, दिपक शर्मा पौडेल, विकास थापा, कृष्णप्रसाद काफ्ले र किरण कुमार खनालले उम्मेद्वारी दिएका छन् । यस्तै महिला तर्फको सदस्यमा रजनी मास्के र सुलोचना श्रेष्ठको उम्मेद्वारी परेको छ ।

Share.

Leave A Reply