play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नवलपरासी ठूठीबारीका सात बर्षीय बालकको आफन्तबाटै अपहरण

0

पुस २९ । नवलपरासीको महेशपुर सीमानामा पर्ने भारत ठूठीबारी बजारका सात बर्षीय बालक अपहरणमा परेका छन् ।कक्षा दुईमा अध्ययनरत बालक गत बिहीवार स्कुलबाट घर फर्कने क्रममा अपहरणमा परेका हुन् ।दुई जना साथीसँग रहेका बब्लु निगमका छोरा मगरु भन्ने आयुसलाई आफन्तले बोलाएर मोटरसाईकलमा लिएर गएको साथीहरुले बताएका छन् ।
परिवाजनले छोरालाई आफन्तले नै अपहरण गरेको दाबी गरेपछि प्रहरीले एक आफन्तलाई नियन्त्रणमा लिएको छ ।अनुसन्धानका क्रममा आफन्तसहित दुईजना भारतीय र एक महिलासहित तीन जना नेपाली मिलेर अपहरण गरेको खुलेको छ ।प्रहरीले अपहरणकारीलाई छिट्टै पक्रने जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक मोहन खाँणले बताए ।

Share.

Leave A Reply