खप्तड गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र मनाङ र्मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदै

0

पुस २९, धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज विभागीय त्रिभुवन आर्मी र मनाङ र्मस्याङ्दी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । चीर प्रतिद्वन्दी २ टोलीबीचको प्रतिस्पर्धा धनगढीस्थित स्थानिय रंगशालामा दिउँसो २ बजे पछि सुरु हुनेछ । क्वाटरफाईनलमा आर्मीले थ्रीस्टारको चुनौती पछ्याउँदै अन्तिम चारमा स्थान बनाएको हो । मनाङले भने रुपन्देही ११ लाई हराउँदै आर्मीसँगको भेट पक्का गरेको थियो । आजको विजेताले भोली हुने दोस्रो सेमिफाइनलको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोली आयोजक सुदुरपश्चिम ११ र विभागीय एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

Share.

Leave A Reply