play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

कक्षा ११ को नतिजा आज सार्वजनिक हुँदै

0

पुस २९, राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले अपरान्ह ३ बजे बोर्ड बैठक बोलाइएको बताउनुभयो । उहाँले नतिजा विषयत ग्रेडमा सार्वजनिक गर्ने जानकारी दिनुभयो । कक्षा ११ को परीक्षाको नतिजा पहिलो पटक ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । कक्षा ११ को परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् । विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने बोर्डले व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ ।

Share.

Leave A Reply