play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

डा. गोविन्द केसीले १४ औँ पटकको अनशन तोडियो,जुत्ता सिलाउने नथुनियाले खुवाए डा. केसीलाई जुस

0

पुस २९ – डा. गोविन्द केसीले १४ औँ पटकको अनशन तोड्नुभएको छ । शिक्षण अस्पतालको गेटमा जुत्ता सिलाउने नथुनिया मोतीको हातबाट जुस पिएर डा. केसीले अनशन तोड्नुभएको हो । शुक्रबार बेलुका स्वास्थ्य मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग ५ बुँदे सहमति गरेर डा. केसी अनशन तोड्न सहमत हुनुभएको हो ।सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा शशी शर्मालाई पुनर्वहाली गर्ने फैसला गरेपछि डा. केसी प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै गएको सोमबारदेखि अनशन बस्नुभएको थियो । अनसन तोड्ने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने बताउनुभयो ।
डा. केसी र सरकारबिच चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति एक हप्ताभित्र गठन गर्ने, चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आइओएमको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिविका कुलपतिले जटिसक्दो छिटो कदम चाल्ने लगायत पाँच बुँदे सहमति भएपछि डा. केसी अनशन तोड्न सहमत हुनुभएको हो ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा. केसीले सरकारसँग गरेको सहमतिपत्रमा त्यसविषयमा भने केही उल्लेख गरिएको छैन । उहाँका समर्थकले यो माग कायमै रहेको बताएका छन् ।

Share.

Leave A Reply