play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

फेन्सी व्यवसायी लागे सहनको प्रचारमा

0

पुस २८ ।
फेन्सी व्यवसायीसंघका पदाधिकारीहरुको अगुवाईमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्षपदका उमेद्वार सहनलाल प्रधान प्यानलको चुनावी प्रचार प्रसार गरिएको छ । आज (शुक्रवार) नारायणगढको जुनहल रोड, गंगोत्री मार्ग र मेनरोडमा फेन्सी व्यवसायीको अगुवाईमा घरदैलो कार्यक्रम गरिएको हो । सो घरदैलो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उमेद्वारहरुले व्यवसायीको संरक्षण संगै चितवनको आर्थिक विकास गर्ने प्रतिवद्धता जनाएका थिए । अध्यक्ष पदका उमेद्वार सहनलाल प्रधानले व्यवसायीहरु विच पर्ने करका समस्या संगै बजार व्यवस्थापनमा स्थानीय जनप्रतिनिधि संग सहकार्य गरेर काम गर्ने बताउनुभयो । घरदैलो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार चुननारायण श्रेष्ठ, उपाध्यक्ष पदका उमेद्वारहरु सुमनकुमार श्रेष्ठ, भोजराज कौडाल, चिरञ्जीवी सुवेदीको उपस्थिति रहेको थियो । त्यस्तै सदस्यहरु अशोक अधिकारी, केपी भण्डारी, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ, सिद्धार्थलाल चुके, सोम प्रसाद काप्री, ईश्वरी प्रसाद खराल, तारानाथ पाठक, बलराम भण्डारी, राजेन्द्र ओली, लक्ष्मी रिमाल पौडेल, ज्ञानु प्रसाद न्यौपाने र रजनी मास्केको उपस्थिति थियो ।

Share.

Leave A Reply