play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चुनावमा झुठको साहरा नलिन विपक्षीलाई सहन प्यानलको आग्रह

0

पुस २८ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष पदका उमेद्वार सहनलाल प्रधान प्यानलले चुनावी प्रचार प्रसारमा झुठको साहरा नलिन विपक्षीलाई आग्रह गरेको छ । चिराग फर्मको लिलामी प्रकरण र लक्ष्मीनारायण बस्त्रालयको समस्या समाधान आफु एक्लै गरेँ भन्ने विषय झुठ भएको प्रधान प्यानलले आज (शुक्रवार) पत्रकार सम्मेलन गरि खण्डन गरेको हो ।
‘अध्यक्ष पदका प्रत्यासिले चिराग फर्मको धितो लिलामी प्रकरणमा मेरै नेतृत्वले समस्या समाधान गरेँ भनेर दाबी गर्दै आउनुभएको छ,’ अध्यक्ष पदका प्रत्यासी सहनलाल प्रधानले भन्नुभयो, ‘यती कुरा व्यवसायीले थाहा पाउँनै पर्छ । तत्कालिन उद्योग वाणिज्य संघले आफै नेतृत्व गरेर माल कार्यालय र वाणिज्य बैँकलाई खबरदारी गरेको हो । जसमा सम्पुर्ण पुर्व अध्यक्ष तथा तत्कालिन अध्यक्षहरुको उपस्थिति थियो ।’
प्रधानले लक्ष्मीनारायण बस्त्रालयलाई राजश्वले  छापा मार्दा कुनै एक व्यक्ति नभई सिंगो उद्योग वाणिज्य संघ चितवन लाग्दा समेत समस्या समाधान हुन नसकेको बताउनुभयो । ‘लक्ष्मीनारायण बस्त्रालयलाई राजश्वले छापा मारेको कुरा स्पष्ट छ । यसै सन्दर्भमा अध्यक्षका प्रत्यासी प्रतिपक्षी उमेद्वारले लक्ष्मी नारायण बस्त्रालयको समस्या समाधान गरेर लडाकु कार्य गरेँ भनेर भन्नुले के भन्न खोज्नुभएको हो?’ प्रतिप्रश्न गर्दै प्रधानले पत्रकार समक्ष भन्नुभयो, ‘जबकी संघ तथा महासंघ समेत लाग्दा पनि आज सम्म समस्याको समाधान भएको छैन ।’
उहाँले चुनावको सन्दर्भमा व्यवसायीहरु माझ कपो कल्पित तथा भ्रामक विषयहरु सम्प्रेसण गरेको अरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा उहाँले संघलाई सदस्यहरुको आवश्यकतामा आधारित सेवा प्रदान गर्न सक्ने संघको रुपमा अगाडी बढाउन सदस्यहरुको दक्षता विकास गर्न आवश्यक रहेको बताउनुभयो । चितवन जिल्ला आर्थिक सम्भावना भएको जिल्ला भएकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पुर्वाधार विकासको कुरामा ध्यानमा राखेर काम गर्ने दोहोराउनुभयो ।
उहाँले नारायणी नदीको संरक्षण र व्यवसायीक विकास, नगरवनको व्यवसायीक उपयोग, साना व्यवसायी तथा घरवहालको समस्या समाधान आफ्नो टीम निर्वाध रुपमा लाग्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष कल्याण जोशीले वर्तमान अध्यक्षले चितवन महोत्सवको वास्तविक आय सार्वजनिक नगरेको खुलासा गर्नुभएको छ । वर्तमान अध्यक्ष गौतमले पत्रकार सम्मेलन मार्फत चितवन महोत्सवमा ७६ लाख रुपैयाँ नाफा गरेको बताउनुभएको थियो । तर निर्वतनमान अध्यक्ष जोशीले उद्योग वाणिज्य संघको अन्तिम लेखापरिक्षणमा ४१ लाख रुपैयाँ नाफा देखिएको बताउनुभयो ।
गत वर्ष अनुदान कटाएर ८६ लाख नाफा गरेको उहाँले जानकारी समेत दिनुभयो । उहाँले चुनावको मुखमा वर्तमान अध्यक्षले विभिन्न पदाधिकारीहरुको सल्लाह विना नै विभिन्न संघ संस्थालाई पैसा बाढेको समेत आरोप लगाउनुभयो । उहाँले पुर्व अध्यक्षले गरेको कामलाई वर्तमान नेतृत्वले आफुले गरेको दावि गलत भएको धारणा राख्नुभयो । ‘ उत्कृष्ट एवार्ड मेरो कार्यकालमा पाए भनेर अध्यक्ष ज्यूले भन्नुभएको छ । उहाँ २०७२ माघ दुई गते अध्यक्ष हुनु भयो । त्यो २०७२ चैत्र २७ र २८ गतेको साधारण सभा अवार्ड विरतण भएको हो । त्यसको निणर्य २०७२ फागुन १५ भित्र भैसकेको छ,’ जोशीले भन्नुभयो,  ‘उहाँले मेरो कार्यकालमा उत्कृष्ट अवार्ड पाए पनि भन्नुभयो । त्यो अवार्ड पुर्व अध्यक्ष ज्यूहरुले गरेको कामको विवरण हेरेर दिईएको हो । उहाँले यो अवार्ड पुर्व अध्यक्षहरुको योगदानको कारण हो भनेर कहिलै भन्नुभएन । मेरो कार्यकालमा भयो भन्दै चुनावी प्रचार गरिरहनुभएको छ ।’ उद्योग वाणिज्य संघ चित कार्यक्रममा यस अघि उवासंघलाई अपारदर्शी तरिकाले लगाएको आरोप प्रति अध्यक्षहरुले खण्डन गरेका थिए ।

Share.

Leave A Reply