play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलको निवेदन दर्ता

0

पुस २८,
राष्ट्रियसभा निर्वाचनमा सहभागीताका लागि विभिन्न २१ वटा दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सहभागीताका लागि निवेदन दिन आयोगले आजसम्मको समय तोकेको थियो । आयोगमा दर्ता भएका दलले राष्ट्रियसभा निर्वाचन प्रक्रियामा सहभागी हुन पुनस् दल दर्ता गर्नुपर्ने कानूनी प्रावधान छ । निवेदन दिने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति, नेमकिपा, विवेकशील साझा लगायत छन् । निर्वाचन कार्यतालिकाअनुसार, राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन अनुमति पाउने दलले आगामी माघ १० गते उम्मेदवार मनोनयन गर्नुपर्नेछ । आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै १५ गते चुनाव चिन्ह प्रदान गर्नेछ । यसैबीच, आयोगले प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग पुनस्आग्रह गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा भई कार्यतालिका समेत प्रकाशित भइसकेको अवस्थामा अन्तिम नतिजा ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने संवैधानिक प्रावधानप्रति गम्भीर बन्न आयोगले सरकारलाई आग्रह गरेको हो ।

Share.

Leave A Reply