play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

डा. केसीको माग अदालत प्रति जनआस्था घटाउने खालकोः नेपाल बार

0

पुुस २८,
कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । न्यायपालिकालाई सबै प्रकारका दवाब र प्रभावबाट मुक्त गर्नु आवश्यक रहेको तर्क गर्दै बारले केसीले अनशन जारी राख्नु पर्ने अवस्था नरहेको बताएको हो । न्यायालयको अवहेलना मुद्दामा बिना धरौटी साधारण तारेखमा रिहा भएका केसीले रिहापछि पनि आफ्नो अनशनलाई निरन्तरता दिनुभएको छ । आज विज्ञप्ति जारी गर्दै बारले माग पूरा गराउने नाममा अनशन बस्ने परपाटीले न्यायपालिकामा गलत पद्धतिको विकास हुने टिप्पणी गरेको छ । बारले न्यायाधीश विरुद्ध उजुरी दिनुपर्ने भए न्याय परिषदमा उजुरी दिने कानूनी व्यवस्था रहेको स्पष्ट पारेको छ । बारको विज्ञप्तिमा भनिएको छ, अदालतले दिएको आदेश सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले अदालतप्रतिको जनआस्था घटाउने, टिकाटिप्पणी मात्र नगरी व्यक्तिगत रुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने विषय वस्तुले प्रश्रय पाउने हो भने गलत प्रक्रिया र पद्धतीको विकास हुनेतर्फ सरोकारवाला सबैको ध्यानाकर्षण गराईन्छ ।

Share.

Leave A Reply