play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चुनाव हारेकालाई राष्ट्रियसभामा नपठाउने एमालेको निर्णय

0

२८ पुस, नेकपा एमालेले स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव हारेका तथा समानुपातिकको बन्द सूचीमा भएकाहरुलाई राष्ट्रियसभा सदस्य नबनाउने भएको छ ।एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । जसमा ‘स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नभएका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका’ भनिएको छ ।
पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका, विभिन्न विषयका विज्ञ हुनु पर्ने पनि मापदण्डमा उल्लेख छ ।एमालेले माघ ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनेको छ ।

Share.

Leave A Reply