play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

न्यायालयलाई प्रभावित नपार्न गोविन्द केसीलाई रामशरण महतको चेतावनी

0

२८ पुस, नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित नपार्न डा. गोविन्द केसीलाई चेतावनी दिएका छन् ।आज रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा नेता डा. महतले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको विषयप्रति टिप्पणी गर्दै राजीनामा दिने नदिने प्रधानन्यायाधीशको आफ्नो कुरा भएको भन्दै डा. केसीका आरोपका आधारहरु प्रमाणित गर्नुपर्ने बताए ।यद्यपी उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय पूरा भएको पनि जानकारी दिए । नेता महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने विषय भएको पनि स्पष्ट पारे ।
अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाई छ ।नेता महतले मुलुकमा निर्वाचनपछि संक्रमणकाल सकिएको भनिएपनि नयाँ संक्रमणको सुरुवात भएको गुनासो राखे । संघीय प्रणालीमा मुलुक जाँदा नयाँ खाले संक्रमणहरुको सुरुवातहरु देखिएको उनको भनाई थियो ।त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी आज तोक्ने भनिएको भएपनि सरकारले तोक्न नसक्नु दुःखदायी कुरा भएको भन्दै दुखेसो पोखे । महतले चाँडो भन्दा चाँडो सत्ता हस्तान्तरण गर्नुपर्ने बताए ।

Share.

Leave A Reply