play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चितवनमा ‘पाँचौ खिचरा महोत्सव–२०७४’ आजदेखि सुरु

0

पुस २८–चितवनमा ‘पाँचौ खिचरा महोत्सव–२०७४’ आजदेखि सुरु भएको छ । महोत्सवको उद्घाटन भुमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले गर्नुभएको छ। उद्घाटन अघि विविध झाकीसहितको शोभा र्याली निकालिएको थियो ।थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी (खिचरा) पर्वको अवसरमा महोत्सव आयोजना गरिएको हो । यसैको अवसरमा केहिवर्षयता प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान’ भन्ने नारासहित सुरु हुने महोत्सव माघ ८ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ ।थारु सँस्कृतिको संरक्षण र प्रर्वद्ध गर्ने उद्देश्यले आयोजना हुँदै आएको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनीलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यो पटक महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप काठको पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ ।
यस्तै यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । महोत्सवमा करिव २ सय वटा व्यवासीयक स्टलहरु रहनेछन् । स्टल निर्माणदेखि मञ्च व्यवस्थापन, बाल उद्यान निर्माणको काम समेत पुरा भएको प्रचार–प्रसार समिति संयोजक कारी महतोले जानकारी दिनुभयो । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो । महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगेतीक प्रस्तुती रहने छ ।साँस्कृतिक संयोजक जयस चौधरीका अनुसार गायक प्रमोद खरेल, शिव परियार, गायिका मिलन अमात्यक, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, संजय चौधरी, अमित सिंह चौधरी लगायत दर्जनौं राष्ट्रिय तथा स्थानीय कलाकारहरु आउने तय भइसकेको छ ।

Share.

Leave A Reply