play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर–२ मा एमालेद्धारा सहन प्रधान आधिकारिक उम्मेद्वार भएको घोषणा

0

पुस २७,
नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं.२ ले उद्योग वाणिज्य संघ चितवनको अध्यक्षको आधिकारिक उम्मेद्वार सहनलाल प्रधान भएको घोषणा गरेको छ ।
आज वडा इन्चार्ज कृष्ण केसीको अगुवाईमा भएको वार्ड भेलाले अध्यक्षका उम्मेद्वार सहनलाल प्रधान नै पार्टीको आधिकारिक उम्मेद्वार भएको निर्णय गरेको हो । एमालेले सहनलाल प्रधान प्यानललाई जिताउन एमाले निकट सबै व्यवसायीहरुमा सर्कुलेसन जारी गरेको छ । यस निर्णयले उवासंघ चितवनमा जित हात पार्न प्रधान प्यानललाई धेरै नै सहज हुने भएको छ ।
प्रधान नेतृत्वको प्यानललाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले समेत समर्थन गरेका छन् भने उनको प्यानलका तीन जना सदस्य निर्विरोध निर्वा्चित भएपछि बलियो प्यानलको रुपमा हेरिएको छ । संघको निर्वाचन यही पुस ३० गते हुँदैछ ।

Share.

Leave A Reply