play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफलाई

0

पुस २७ –राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । सुपरलिग अन्तर्गत बिहीबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । उपाधिसँगै एपीएफले २ लाख पुरस्कार पाएको छ । एपिएफका लागि सावित्रा भण्डारीले दुई तथा सरु लिम्बूले एक गोल गरिन् । सुपरलिगमा भएका तीन खेलमध्ये सबै खेल जितेको एपीएफले ९ अंक जोड्दै उपाधि जितेको हो । यस्तै सुपरलिगको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई ७–० गोलले हराउँदै नेपाल आर्मी उपविजेता बनेको छ । आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा र विमला चौधरीले १/१ गोल गरे ।
उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार पायो । यस्तै सुपरलिगको अन्तिम खेलमा एपिएफसँग पराजित भए पनि तेश्रो बनेको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ पुरस्कार पायो ।उसले सुपरलिगमा एक खेल जितेको थियो । समूहचरणमा राम्रो प्रदर्शन गर्दै सुपरलिगमा पुगेको सुदूरपश्चिमले भने कुनै खेल जित्न सकेन । पुस १६ गतेबाट ुुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply