play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन

0

२७ पुस, पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको छ ।स्थानीय सञ्चार माध्यमहरुका अनुसार पञ्जाव प्रान्तकी वासिन्दा सात वर्षीया जाइनाबलाई गत जनवरी ५ मा ट्युसन पढ्न गइरहेको बेला अपरान्ह एक सङ्कास्पद व्यक्तिले अपहरण गरेको थियो ।बालिकालाई अपहरण गरेको दृश्य सिसिटीभीको फुटेजबाट पत्ता लागेको थियो । त्यसपछि उनको शव उनलाई अपहरण गरिएको स्थानबाट एक माइल पर चार दिनपछि भेटिएको थियो ।
उनको शव फोहोरको कन्टेनरमा भेटिएको थियो । त्यसपछि उक्त घट्नाको विरोधमा पञ्जावमा आन्दोलन भएको थियो ।हत्याराई भेटेर झुण्डाएर मार्नुपर्ने मागगर्दै पाकिस्तानका विभिन्न सहरमा दैनिकजसो विरोध हुदै आएको छ । प्रदर्शनकारीहरुले बालबालिकामाथि हुने गरेका यस्ता हिंसाको घट्नाका दोषीलाई कडाभन्दा कडा कारबाही माग गरिरहेका छन् ।उनलाई बारम्बार बलात्कार गरेर हत्या गरिएको देखिएको प्रतिवेदन प्रहरीले दिएको थियो । त्यस घट्नाले पाकिस्तान स्तब्ध भएको बताइएको छ । (रासस÷सिन्ह्वा)

Share.

Leave A Reply