play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

खप्तड गोल्डकपको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लव र विभागीय नेपाल आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदै

0

पुस २७, धनगढीमा जारी दोस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लव र विभागीय नेपाल आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ । थ्रीस्टार बलियो प्रतिद्वन्दी झापा ११ लाई हराउँदै अन्तिम आठमा प्रवेश गरेको टोली हो । आर्मी भने सिधै वाई पाएर क्वाटरफाइनलमा प्रवेश गरेको थियो । १४ महिनापछि मैदान उत्रिएको थ्रीस्टार जितको श्रृंखलालाई निरन्तरता दिने लक्ष्यमा रहँदा आर्मी भने थ्रीस्टारको चुनौती पन्छाउँदै सेमिफाइनल प्रवेश गर्ने दाउमा छ । दुई टोली बीचको प्रतिस्पर्धा धनगढीस्थित स्थानिय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो क्वाटरफाईनलमा संकटा क्लवलाई २–० ले हराउँदै विभागीय टोली नेपाल एपिएफ प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

Share.

Leave A Reply