play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

विश्वको अग्लो स्थानबाट रेडियो सञ्चालन, गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी

0

पुस २७ । विश्वको सर्वोच्च स्थानबाट रेडियो प्रशारण सुरु गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिके डाँडाबाट रेडियो एभरेष्टले परीक्षण प्रसारण शुरु गरेको हो ।यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छिमेकी मुलुक भारतको लद्दाकमा तीन हजार सात सय मिटर उचाईमा रहेको रेडियो नै विश्वको सबैभन्दा अग्लो स्थानबाट प्रशारित रेडियोको अभिलेखमा छ ।समुद्री सतहदेखि चार हजार चार सय मिटरको उचाइबाट प्रसारण सुरु गरिएको रेडियोले विश्व रेकर्ड कायम गर्ने सञ्चालकको दाबी छ । सोलुखुम्बुको पर्यटकीय क्षेत्र पिकेडाँडाबाट प्रसारण आरम्भ गरेको पिके सञ्चार प्रालिका अध्यक्ष पासाङ बोम्बु शेर्पाले जानकारी दिए ।
शेर्पाले हिमाली पर्यटनको प्रव्द्धनका लागि विश्वकै अग्लो स्थानबाट रेडियो प्रसारण शुरु गरिएको बताए । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी भइरहेको उनले जानकारी दिए ।

Share.

Leave A Reply