play_circle_outline On Air

साप्ताहिक भेट

play_circle_outline On Air

साप्ताहिक भेट

१० वर्ष अघिबाट निर्माण थालिएको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गतेदेखि विद्युत उत्पादन थाल्ने

0

२७ पुस, १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ । नियमित उत्पादन माघको ६ गतेबाट थाल्ने भएपनि शुक्रबार यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडन लागिएको हो ।सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ अर्बमा निर्माण गर्ने भनिएको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नसक्दा यो आयोजनाको लागत दोब्बरले बढेर १५ अर्ब पुग्न गएको छ ।आयोजना प्रमुख अजय दाहालका अनुसार शुक्रबार देखि यसको एउटा युनिटबाट उत्पादीत बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिेनछ । यस जलविद्युत आयोजनामा १५ मेगावाटका २ वटा युनिट छन् । अर्काे युनिट भने अबको १ महिनापछिबाट मात्रै सञ्चालन आउनेछ ।
६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यसले नियमित उत्पादन थाल्नेछ ।दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा लेखा समितिले भ्रष्टाचार भएको आशंका गर्दै काम रोक्न निर्देशन दिएको थियो । जसका कारण एक वर्ष यसको निर्माण रोकिन पुगेको थियो ।कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै बीचैमा काम रोक्न निर्देशन दिएको हो ।सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो ।यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ ।

Share.

Leave A Reply