play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप फैलिँदै, मृत्यु हुनेको संख्या १३ पुग्यो

0

पुस २६,
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोले हिजो जुनीचाँदे ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारी, २ का २ वर्षीय नबिन नाथ र वडा नं ५ का ६५ वर्षीया कालु तिरुवाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १३ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले भाइरलका कारण जुनीचाँदेमा ३ जनाको मात्र मृत्यु भएको बताउनुभयो । मृतक मध्ये १० जनाको दम, पखाला, निमोनिया, छातीको संक्रमण लगायत रोगका कारणले मृत्यु भएको उहाँको भनाई छ । तर जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले भने मृत्यु भएका सबै भाईरल ज्वरोका बिरामी भएको बताउनुभयो । जुनीचाँदेमा फैलिएको भाईरल ज्वरो हालसम्म्म पनि नियन्त्रणमा आउन सकेको छैन । आजसम्म जुनीचाँदेमा १ हजार २ सय बिरामीको उपचार भएको छ । उपचारमा आएका मध्ये ३० प्रतिशतलाई रुघाखोकी र ज्वरोको समस्या भएको डा. पवन शाक्यले बताउनुभयो । डा. शाक्य सहित २ मेडिकल अधिकृत र १३ जना स्वास्थ्यकर्मी रोग प्रभावित क्षेत्रमा खटिएका छन् ।

Share.

Leave A Reply