play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नेत्रहीन विश्वकप क्रिकेटमा आज बंगलादेशसँग नेपाल ४ विकेटले पराजित

0

पुस २६ –नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल आज बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । पाकिस्तानको लाहोरमा नेपालले दिएको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । नेपालका लागि कप्तान कृतन श्रेष्ठ दुवालले ६६ रन बनाए ।
मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । बंगलादेश पनि पाकिस्तानसँग ९ विकेटले नै पराजित भएको थियो । नेपालले अाफ्नो तेस्रो खेल श्रीलंकासँग शुक्रबार दुबईमा खेल्दैछ ।

Share.

Leave A Reply