play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

माघ ४ देखि देशैभर एकसाथ सबैले “लालपुर्जा“ हेर्न पाइने

0

पुस २६ । आगामी माघ ४ देखि प्रदर्शनमा आउन लागेको चलचित्र “लालपुर्जा“ गएको शुक्रबार साँझ ६ बजे दोश्रो ट्रेलर रिलिज भएपछि झनै प्रतिछित बनेको छ । भौतिकबाद र अध्यात्मबादको लडाई प्रस्तुत गरिएको भनिएको फिल्म मा मितेरी गाउको कथा भनिरहदा कथा भित्र पनि लुकेको ब्यथा के छ ? कहा र के हो अक्षरगंज ? ट्रेलरको केहि दृश्यमा कलाकार ले लगाएको लुगा,हिरोइन ले चढेको बाईक ,घरका ढोका र कलाकारको शरीर मा दलिएको पर्पल रंगको प्रयोग संगै कस्तो छ त पर्पल भिलेज ,अक्षर गंजको यात्रामा हिडेको मान्छे किन रोकिन्छ त पर्पल भिलेज मा अनि को हुन् पर्पला ,मुस्कुराउने मितिनिहरु र गीत अनि संगीत संग प्रित लाउने मीतहरु संगै कहिँ कतै धोका को स्थिति पनि सिर्जना भएको होकी भनेर अनुमान गर्न सकिने दृश्य संगै गाउका अरू मानिसहरु प्रति आखिर किन र कसरि सिर्जना हुन्छ त नरमाइलो पाटो ,आफ्नो जग्गाको माया कति हुन्छ र त्यहि माया संगै अधिकार खोज्दा या भनौ अंशबन्डा का लागि २ दाजु भाई बीच देखाइएको लडाई अनि पर्पला लाई आँखामा पट्टि बाधेर समातेर लगेको दृश्य ले चलचित्र हेर्न दर्शक झनै उत्सुक भएका छन । कमेडी जनारामा निर्माण भएको चलचित्रमा माया,प्रेमको कथा पनि उत्कृस्ट ढंगबाट प्रस्तुत गर्ने जमर्को गरिएको छ । नेपाली चलचित्र प्रति दर्शकको नैराश्यता वढ्दै गएको पक्कै हो तर पछिल्लो समय केहि उत्कृस्ट चलचित्र हरु पनि बनिरहेका छन यो अवस्थामा दर्शक हरुले पनि राम्रो चलचित्रहरु छुट्याउन सक्ने सामथ्र्य राख्नुपर्ने र त्यो भिडमा कहिँ कतै बाट नक्कल नगरिएको कथा,अभिनयमा उत्कृस्ट कलाकार हरुको जिबन्त अभिनय ,लगानी ,निर्देशकीय पक्ष देखि सबै पाटोबाट निकै मेहेनत र परिश्रम गरेर बनाइएको फिल्म लालपुर्जा सबैले हेर्नुपर्ने बताउनुहुन्छ चितवनका सफल ब्यबसायी एंव चलचित्र का निर्माता उमेश श्रेष्ठ । चलचित्रमा तपाई सौगात मल्ल लाई तान्त्रिक र बिपिन कार्की लाई ओमनरसिङको भूमिकामा हेर्न सक्नु हुनेछ.त्यसैगरी मेनुका प्रधान र नब नायीका मिरुना मगर लाई सौगात र बिपिन को जोडीको रुपमा देख्न सक्नुहुनेछ । .चलचित्रले सेन्सर बोर्ड बाट बुधबार साँझ सम्म युनिभर्शल सर्टि्फिकेट पनि प्राप्त गर्दैछ.। अभिभावक र दाजु भाईको लालपुर्जा संग निकै गहिरो सम्बन्ध रहन्छ आखिर किन आवस्यक ठान्योत “लालपुर्जा“ टिम ले यो बिषय मा फिल्म बनाउन, कसरि पुस्टि गरिएको छ त फिल्म मा “लालपुर्जा“ को अर्थ यी सबै कुरा थाहा पाउन फिल्म अवस्य हेर्नुहोला । यो चलचित्र माघ ४ गतेबाट देशैभर एकैसाथ प्रदशन हुदैछ । चलचित्र लाई छड्के चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । नेगेटिभ बुद्धको प्रस्तुति रहेको बहुप्रतिक्षित चलचित्र ’लालपुर्जा’ मा सौगात मल्ल, बिपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा ,मिश्री थापा, कमलमणि नेपाल, अनिल पाण्डे लगायतको अभिनय रहको छ । त्यस्तै फिल्मका अतिथि लेखक र उपन्यासकार कुमार नगरकोटीको पनि चलचित्रमा बिशेष भूमिका रहेको छ ।उमेश श्रेष्ठ र विक्रम सिंह थारुको संयुक्त लगानी रहेको लालपुर्जामा नरेन्द्र मैनालीको छायांकन, बिक्रम सिंह थारु र निगम श्रेष्ठको कथा, सुजित बिडारीको पटकथा, जेशन कुंवर ( नाइट ब्याण्ड ) को संगीत, सजन थापाको कला निर्देशन, राजेन्द्र मोक्तानको रङ्ग सम्पादन, किशोर आचार्यको स्थल ध्वनि, उत्तम न्यौपानेको ध्वनि सम्पादन र लोकेश बज्राचार्यको सम्पादन रहको छ ।

Share.

Leave A Reply