play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

जाजरकोटको भाइरल प्रकोप नियन्त्रणमा कठिनाई

0

पुस २६ – झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा भए पनि स्वास्थ्य शिविरमा ल्याउने मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन ।यसैबिच गत सोमबार भाइरल ज्वरोवाट मृत्यु भएका शिशुलाई कडा खालको भाइरलको शंका लागेकाले नमुना परीक्षणका लागि रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौँको प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।जिल्लाको जुनीचाँदे गाउँपालिकाको वडा नं १, २ र ३ लगायत अन्य वडा र बस्तीमा भाइरल फैलिएको छ । पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीमाथि कडारुपमा देखिएको भाइरल ज्वरोबाट अहिलेसम्म १२ जनाको ज्यान गइसकेको छ ।

Share.

Leave A Reply