पुस २५- नवलपरासीको मध्यविन्दु नगरपालिका १२ निवासी एक जना वृद्धको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । कोल्हुवा प्रहरीचौकीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ८२ वर्षका यम वहादुर ठाडा मगर रहेका छन । उनि गएको आईतवार दिउँसो घरबाट वेपत्ता भएका थिए । परिवारले खोजी गरिरहेको समयमा उनलाई सोमवाराती मध्यविन्दु नगरपालिका १५ मा पर्ने नारायणी नदि किनारमा मृत अवस्थामा भेटिएका थिए । स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । उनको मृत्यु चिसोमा कठ्यांग्रिएर भएको प्रहरीको अनुमान छ । उनको शव पोष्टमाटमका लागी प्राथमिक स्वाथ्य केन्द्र चोरमारामा राखिएको छ ।
चिसोले कठ्यांग्रिएर नवलपरासीमा एक जनाको मृत्यु
0
Share.