play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

आजबाट ग्यास उद्योगहरुको अनुगमन हुँदै, मापदण्डविपरीतका उद्योग बन्द गर्ने चेतावनी

0

पुस २१,
सरकारले आजबाट ग्यास उद्योगहरुको अनुगमन गर्ने भएको छ । ग्यास उद्योगहरु मापदण्डविपरीत सञ्चालन भइरहेका बेला नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबारबाट अनुगमन गर्न लागेको हो ।
विभागले आजबाट ग्यास उद्योगको अनुगमन गर्न लागेको जानकारी दिँदै मापदण्ड मिचेको उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।
ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन एक वर्षअघि अनिवार्य गरिए पनि अधिकांशले लिएका छैनन् । ग्यास उद्योगहरुको सुरक्षामा ध्यान दिँदै प्लान्टमा हाइड्रोलिक मेसिनदेखि फायर फाइटिङ, दुर्घटनाबाट बच्ने सुरक्षा सामग्री हुनुपर्ने उल्लेख भए पनि यसमा समेत व्यवसायीहरुले उदासीनता देखाउँदै आएका छन् । सिलिन्डर सरसफाइलगायतका विषयलाई पनि उद्योगहरुले महत्त्व नदिँदा दुर्घटना बढ्न थालेको छ । वीरगञ्जको सुपर ग्यास उद्योगमा गत पुस ५ गते आगलागी भएको थियो ।
हाल विभिन्न जिल्लामा ५५ ग्यास उद्योगहरु सञ्चालित छन् ।

Share.

Leave A Reply