play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन युवा तथा विद्यार्थी संगठनको माग

0

पुस २०,
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा तथा विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
उनीहरुले आज नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै राजनीतिक संक्रमणको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकामा आपत्ति जनाएका हुन् ।
निगमले अन्तर्रा्ष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै यही पुस १७ गतेदेखि इन्धनको मूल्य बढाएको थियो । आयोगका निमित्त महाप्रबन्धक भट्टराईले अन्तर्रा्ष्ट्रिय रुपमा नै मूल्यवृद्धि भएकाले निगमले बाध्य भएर मूल्यवृद्धि गर्नु परेको बताउनुभयो ।
तर युवा तथा विद्यार्थी संगठनले भने विगतमा घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रुपमा ग्यासको सिलिण्डर बनाउने निर्णय भएको भन्दै सो सहमति कार्यान्वयन नभएकामा गुनासो गरेका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा त्यसले उपभोक्ताको चुलोमा समेत प्रभाव पार्ने, मूल्यवृद्धि हुने तथा अन्य दैनिक उपभोग्य वस्तुमा समेत नकारात्मक असर पर्ने भएकाले तत्काल फिर्ता लिन माग गरेका थिए ।

Share.

Leave A Reply